२ कार्तिक २०८३, सोमबार

काजमा लमजुङ आएका देव गुरुङको समय सकियो, अब फिर्ता पठाउनुपर्छ : उपमहासचिव गुरुङ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २ कात्तिक । नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङमा माओवादी केन्द्रका नेता देव गुरुङको समय सकिएकाले अब फिर्ता पठाउनुपर्ने बताएका छन् ।

नेकपा (एमाले) बेंसीशहर नगर कमिटीद्वारा आज बुधबार बेंसीशहरमा आयोजित उम्मेदवार परिचय एवम् वृहत् कार्यकर्ता भेला कार्यक्रममा उनले पाँच वर्षअघिको निर्वाचनमा कतै उठ्ने ठाउँ नपाएर ‘काज’मा लमजुङ ल्याइएको र अब समय सकिएकाले फिर्ता पठाउनुपर्ने बताएका हुन् ।

मजुङ प्रनिनिधिसभा उम्मेदवार समेत रहेका उपमहासचिव गुरुङले भने, ‘आज भन्दा पाँच वर्षअघि २०७४ सालमा मनाङमा जन्मिएका एक जना व्यक्तिले कहिँ निर्वाचन उठ्ने ठाउँ पाएन । कास्की र जन्मभूमि मनाङले समेत ‘रिजेक्ट’ गरेपछि पाँच वर्षअघि तत्कालीन चुनावी तालमेलबाट उहाँलाई लमजुङ ल्याइएको हो । त्यसकारण प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै उहाँको पनि लमजुङमा समय सकियो ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणमा योगदान पुर्याउने विश्वासका साथ देव गुरुङलाई लमजुङमा स्थान दिइएको बताउँदै उपमहासचिव गुरुङले भने, ‘हिँजो पार्टी एकता हुन्छ र त्यो प्रक्रियामा उहाँको पनि योगदान हरन्छ भनेर हामीले लमजुङमा ल्याएका हौँ । तर, उहाँ अहिले कांग्रेस र समाजवादीको बुई चढेर लमजुङ आइरहनुभएको छ । उहाँलाई लमजुङे जनताले भन्नुपर्छ हामीलाई तपाईं जस्तो टुरिष्ट उम्मेदवार चाहिएको छैन ।’ लमजुङका जनताले लमजुङकै धर्तीपुत्रलाई मतदान गरी विजयी गराउनुपर्ने उनको नभाइ थियो ।

‘एमाले जस्तो शक्तिशाली पार्टीले सहयोग गर्दा त ३५ सीट भन्दा बढी जित्न नसकेको माओवादीले अहिले कांग्रेसको पुच्छर समातेर बल्ल–बल्ल ४६ सीटमा उम्मेदवार पाएको छ । त्यसमध्ये पनि २५ वटा भन्दा बढी सीटमा जित हासिल गर्ने कुनै आधार छैन,’ उपमहासचिव गुरुरूले भने, ‘यतिबेला माओवादी भनेको ओाराले लागेको मृग बनेको छ र यसलाई सानो बाच्छोले पनि खेदिरहेको छ ।’

त्यस्तै, उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनका लागि एमालेको जित आवश्यक रहेको दाहोर्याएका छन् । निर्वाचनमा निर्वाचित भएपछि लमजुङमा रहेका ७५ वटा वडामा स्वास्थ्यचौकी भवन बनाउने, सम्पूर्ण जनतालाई निःशुल्क औषधिको व्यवस्था गर्ने, अधुरा रहेको सडक र विकास निर्माणलाई पूरा गर्ने प्रतिबद्धता उपमहासचिव गुरुङले व्यक्त गरेका छन् ।

त्यस्तै, आगामी मंसिर ४ गतेको निर्वाचनपछि गठबन्धनको भविष्य ओरालो लागेको मृगको अवस्था हुने र आगामी दिनमा कुनै भविष्य नरहेको उपमहासचिव गुरुङको भनाइ छ ।