
दाङ, २ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभामा एक तिहाइ र त्यो भन्दा कम सिटमा उम्मेदवारी दिने दलहरुले देश बनाउँछु भन्नु जनतामा भ्रम छर्ने मात्र काम भएको मात्र बताएका छन् ।
दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका पोखरेलले हापुरेमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रले एकतिहाई र नेकपा एसले २०-२१ सिटमा उम्मेदवारी दिएर देश बनाउँछु भन्नु बेकारको कुरा भएको बताएका हुन् ।
देश बनाउन नीतिगत स्पष्टता चाहिने बताउँदै भन्दै उनले गठबन्धनबाट दुनियाँमा कहीँ पनि देश नबनेको उल्लेख गरे ।











प्रतिक्रिया