
झापा, २ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनका उम्मेदवारले रौतहट र बारामा फ्री भिसा र फ्री टिकटको लोभ देखाएर भोट मागेको भन्दै आपत्ति जनाएका छन् ।
आज झापाको धुलाबारीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले रौतहटमा माधव नेपाल र बारामा किसान श्रेष्ठले फ्रि भिसा र फ्रि टिकटको लोभ देखाएर युवाहरुलाई भ्रमित पार्दै भोट मागेकोमा आपत्ति जनाएका हुन् । अध्यक्ष ओलीले उनीहरुलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग पनि गरे ।
नेपाली काँग्रेसले २३-२४ बर्ष सरकारको नेतृत्व गर्दा पनि विकासको कुनै काम गर्न नसकेको बरु बर्बादीमात्रै गरेको अध्यक्ष ओलीको भनाइ छ ।














प्रतिक्रिया