काठमाडौं, २ कात्तिक । उदयपुरको गाइघाटमा मेगा बैंकले आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित जिल्ला मालपोत कार्यालयमा मेगाले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।
एक्सटेन्सन काउन्टर विस्तारसँगै मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत हुने भएकाले सेवाग्राहीको सहजता र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ ।
एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ ।
मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।















प्रतिक्रिया