काठमाडौं, २ कात्तिक । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रूपन्देही क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु गुरूङको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशद्वय सुष्मलता र कुमार रेग्मीको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै गुरुङविरुद्व परेको उजुरी अनुसार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
आयोगको निर्णयविरुद्व गुरुङ सर्वोच्च पुगेका थिए । सर्वोच्चले असोज ३० गते आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै आजका लागि दुवै पक्षलाई छलफलमा डाकेको थियो ।











प्रतिक्रिया