
काठमाडौं, २ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरको निर्वाचन आफूहरुका लागि जीवन मरणको सरह भएको बताएका छन् ।
प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन-मरणको सवाल भएको बताएका हुन् ।
आगामी चुनाव चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा गर्ने र उल्ट्याउनेबीचको लडाइँ भएको बताए ।
आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उनले स्पष्ट पारे ।











प्रतिक्रिया