
काठमाडौं, २ कात्तिक । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै लामिछानेलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो । योसँगै काठमाडौं जिल्ला अदालतले लामिछानेलाई थप चार दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । लामिछानेलाई म्याद थपका लागि बुधबार अदालत उपस्थित गराएको थियो।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।












प्रतिक्रिया