९ कार्तिक २०८३, सोमबार

२ सय रुपैयाँले घट्यो सुन, कति छ आज सुनचाँदीको मूल्य ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला १ सय रुपैयाँले बढेको सुन बुधबार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।