४ कार्तिक २०८३, बुधबार

झुलाघाटमा इन्टरनेटको पहुँच

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २ कात्तिक । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो ।

इन्टरनेटको पहुँच पुगेसँगै सरकारी काममा सहजता आएको छ । विशेष गरी नाकामा रहेका महाकाली भन्सार कार्यालय, सीमा प्रहरीचौकी, सशस्त्र प्रहरी बलको कार्यालयका सेवा प्रवाहमा सहयोग पुगेको बताइएको छ ।