
दाङ, १ कात्तिक । दाङकी १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको हत्या भएको जंगलबार प्रहरीले दुई थान मोबाइल बरामद गरेको छ ।
एउटै खाल्डोमा पुरिएको अवस्थामा असोज ३० गते ती किशोर र किशोरीको शव भेटिए पनि घटनाबारे प्रहरीले ठोस प्रमाणहरू फेला पार्न नसकिरहेको बेला आज दुई थान मोबाइल सेट भेटिएको हो ।
मंगलबार दमार गाउँको जंगलबाट प्रहरीले दुई थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । प्रहरीका अनुसार घटनास्थलबाट केही पर रगत लागेको चप्पल समेत भेटिएको छ ।















प्रतिक्रिया