१ कार्तिक २०८३, आइतबार

राजेश पायल राईले अमेरिकामा लफडा मच्चाए (भिडिओ)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । चर्चित गायक राजेश पायल राईले अमेरिकामा लफडा गरेका छन् ।

नेपालीहरूको महत्वपूर्ण चाडपर्व दशैं तथा तिहारको अवसर पारेर संयुक्त राज्य अमेरिकाको ऐतिहासिक राज्य पेन्सिलभेनियामा सोमबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने क्रममा गायक राईले माइक फाल्नेदेखि पोडियममाथि लात्तीले हान्नेसम्मको हर्कत गरेका हुन् ।

आयोजकले साउण्ड सिस्टम आफूअनुकूलको ब्यवस्था नगरेको भन्दै उनले यस किसिमको उपद्रो मच्चाएको बताइएको छ ।

अमेरिकाबाट दैनिक नेपाल सहकर्मी गणेश थापाका अनुसार, पेन्सिलभेनियास्थित नेपाली समाजले ख्याति प्राप्त कलाकारहरूलाई बोलाएर मनोरञ्जन दिने उद्देश्यले गरिएको कार्यक्रममा राजेशपायल राईले प्रदर्शन गरेको सन्नकीपनबाट उपस्थित सयौं दर्शकको मन कुँडिएको छ ।

बारम्बार विवादमा आइरहने गायक राईले यसअघि न्यूयोर्कमा भएको कार्यक्रममा पनि यस्तै लफडा गरेका थिए ।