२ कार्तिक २०८३, सोमबार

कांग्रेसले स्थानीय निर्वाचनमा जसपालाई धोका दियो : अध्यक्ष यादव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा काँग्रेसले आफ्नो पार्टीका उम्मेदवारलाई धोका दिएको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन गरे पनि काँग्रेसले जसपालाई मत नदिएको दाबी गर्दै उनले यस्तो बताएका हुन् ।

आसन्न आम निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएकाले समग्रमा मधेश प्रदेशलाई फाइदा पुग्ने उनको विश्वास छ ।

पाँच दलीय गठबन्धनमा रहेको जसपालाई सीट बाँडफाँटमा कांग्रेस र माओवादीले धोखा र अपमानपूर्ण व्यवहार गरेपछि नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढेको छ । जसका कारण मधेश प्रदेशलाई फाइदा पुग्ने उनको भनाइ छ ।