२ कार्तिक २०८३, सोमबार

‘प्रचण्ड आसेपासेका नायक हुन्, गोरखाली जनताले अस्विकार गर्नुपर्छ’

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेकपा एमालेका युवा नेता रवि किरण हमालले माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ आसेपासेहरूको नायक भएको बताएका छन् ।

क्रोनी क्यापिटलजिम अर्थात् आसेपासे पुँजीवाद नेपालको राजनीतिमा विद्यमान रहेको उल्लेख गर्दै उनले राज्यकोषको दोहन गर्ने, शक्ति आर्जन गर्ने र फेरि त्यसकै लागि दुरुपयोग गर्ने कुरा प्रचण्डको नेतृत्वमा भइरहेको बताएका छन् ।

गोरखाका मतदाताले एमाले उम्मेदवार अब्दुस मियाँलाई भारी मत दिएर प्रचण्डलाई पराजित गर्ने किरणको विश्वास छ । एक अन्तर्वार्ता दिदै किरणले ‘गोरखा नेपाल एकीकरणको शिलान्यास भूमी हो, पवित्र भूमी हो । अपवित्र पात्रलाई पराजित गर्नु गोर्खाली जनताको धर्म हो’ भनेका छन् ।

गोरखा–२ मा एमाले उम्मेदवार अब्दुस मियाँ गठबन्धनका उम्मेदवार प्रचण्डसँग चुनावी मैदानमा छन् । एमालेले मुलुकको आवश्यकता र मतदाताको चाहनाअनुरुपको उम्मेदवार प्रस्तुत गरेकाले जित सुनिश्चित रहेको उनको भनाई छ ।