२ कार्तिक २०८३, सोमबार

निर्वाचन २०७९ : सञ्चार माध्यमको अनुगमन गर्न काउन्सिलले बढायो सक्रियता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममाथिको अनुगमनलाई तीव्रता दिएको छ ।

काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको बताएको छ । अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाइ काम सुरू गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवम् सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

मंगलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्याङ्कविज्ञसँग छलफल गरेको थियो । यसअघिका आम निर्वाचनहरूमा समेत तथ्याङ्क प्रशोधनसहित अनुमगनको अनुभव सङ्गालेका तथ्याङ्क विज्ञद्वारा तथ्याङ्क प्रशोधन तथा अनुगमन विधिबारे सङ्क्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए ।

उनले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चार माध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन समेत भइरहेको जानकारी दिए ।

यसअघि काउन्सिलले २०६४ सालको संविधान सभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।