दोलखा, १ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन आह्वान गदै राप्रपाका दर्जन भन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
भीमेश्वर नगरपालिका–२ तिखातल बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय एक दर्जन भन्दा बढी कार्यकर्ता मंगलबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
तिखातल टोल कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा एमालेका नेता एवम् प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले उनीहरूलाई प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेमा ओमराज श्रेष्ठ, तीर्थमाया ठकुरी, निरुमाया क्षेत्रीलगायत छन् ।
कार्यक्रममा एमाले दोलखाका नेताहरु डबल पाण्डे, राजेन्द्र मानन्धर, हरिवंश चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया