
काठमाडौं, १ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।
बाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं–८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताएका हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं ८ (ख) को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए ।















प्रतिक्रिया