२ कार्तिक २०८३, सोमबार

देउवालाई ओलीको प्रश्न, ‘म लाइभ बहसका लागि तयार छु, तपाईं हो कि होइन ?’

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष बहसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

आज मङ्गलबार फेसबुकमा लेख्दै एमाले अध्यक्ष ओलीले एजेन्डामा आधारित रहेर आफू बहस गर्न तयार रहेको बताउँदै यस्तो प्रश्न सोधेका हुन् ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ,’ ओलीले लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’

यस्तो छ ओलीको फेसबुक स्टाटस–