८ कार्तिक २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । मंगलबार नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला एक सय रुपैयाँ बढेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेको थियो ।