
रुपन्देही, ३१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले सत्ता गठबन्धनका नेताहरूले दुई खर्ब रुपैयाँ पैसा बोरामा हालेर घरमा लुकाएको आरोप लगाएका छन् ।
रुपन्देहीको क्षेत्र नं. ३ मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन गर्दै नेता थापाले यस्तो आरोप लगाएका हुन् ।
थापाले राष्ट्रघाती सत्तागठबन्धनलाई हराउन राष्ट्रवादी शक्तिहरू एक भएर चुनावमा होमिएको बताउँदै आगामी चुनाव राष्ट्रवादी शक्तिको पक्षमा हुने जिकिर पनि गरेका छन् ।
उनले नेताहरुले लुकाएर राखेको अवैध रकमलाई बाहिर ल्याउने दाबी गर्दै चुनावपछि केपी ओलीको सरकार बन्ने र उक्त रकम बाहिर निकाल्ने दाबी गरेका छन् ।















प्रतिक्रिया