रौतहट, २६ वैशाख । रौतहटको प्रतापपुर पल्टुवा गाविस–९ मा आज बिहान माटो राख्दै गरेको ट्र्याक्टरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
ना३त ७१२२ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पाँच वर्षीया ईशरत खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मृतकको शवपरीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । प्रहरीले ठक्कर दिने ट्र्याक्टर तथा चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । रासस















प्रतिक्रिया