२ कार्तिक २०८३, सोमबार

नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा पूर्वएआईजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन् ।

नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।

सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थिए ।