२ कार्तिक २०८३, सोमबार

शुभप्रभात ! आज ६ बजेर पाँच मिनेटमा सूर्य उदायो : केपी ओली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान सूर्योदय भएको विषयलाई आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

उनले सोमबार बिहान उदाउँदै गरेको सूर्यको तस्बीर राखेर लेखेका छन्, ‘शुभप्रभात ! आज ६.०५ मा सूर्य उदायो । सबैको दिन शुभ रहोस् ।’

‘सूर्य’ चिह्न लिएर उनी नेतृत्वको नेकपा एमाले आम निर्वाचनमा जाँदैछ । निर्वाचनको मिति नजिकिदै जाँदा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उक्त कुरा लेख्नु महत्वका साथ हेरिएको छ ।