
झापा, ३० असोज । झापामा नेकपा माओवादी केन्द्र परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादीका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईंसहित जिल्ला र नगर कमिटीको समूह नेकपा एमालेमा समाहित भएको हो ।
प्रवेश गर्नेहरूमा माओवादी मेचीनगर नगर कमिटीका उपाध्यक्ष उत्तम सिटुङ, जिल्ला कमिटी सदस्य एकराज घिमिरे, जिल्ला कमिटी सदस्य टेकेन्द्र चापागाईं, मेचीनगर कमिटी सचिवालय सदस्य हरि दाहाल, नगर कमिटी सदस्य निखिल पोखरेल, नगर कमिटी सदस्य पदमबहादुर श्रेष्ठ र नगर कमिटीका पूर्व सदस्य पुष्पादेवी मगर छन् ।
त्यस्तै वाईसीएल जिल्ला कमिटी सदस्य रविन मेचे, वाइसीएल मेचीनगर उपाध्यक्ष तथा पार्टीका नगर कमिटी सदस्य निर्मला सुबेदी र मनोज गुरागाईंलगायत दर्जनौं नेता–कार्यकर्ता आज नेकपा एमालेमा समाहित भएका हुन् ।
उनीहरूलाई नेकपा एमालेको क्षेत्रीय पार्टी कार्यालय काँकडभिट्टामा आयोजित एक कार्यक्रममार्फत पार्टी प्रवेश गराइएको हो ।















प्रतिक्रिया