
पोखरा, ३० असोज । पोखरामा जारी नर्वौ राष्ट्रिय खेलकुदमा सहभागी एक जना खेलाडीको मृत्यु भएको छ ।
प्रतियोगिता अन्तर्गत सराङ्कोटमा भइरहेको प्याराग्लाइडिङ गर्ने क्रममा नेपाल त्रिभुवन आर्मी क्लवका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।
आइतबार क्रस कन्ट्री विधाअन्तर्गत प्याराग्लाइडिङ गर्दै गर्दा थापा प्यारासुटबाट अच्चानक खसेका थिए । करिब सय मिटरमाथिबाट सराङकोटमा खसेका खेलाडी थापाको अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।
पोखरा–१० हस्पिटलचोक बस्ने थापालाई प्याराग्लाइडबाट खसेर घाइते भएपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई तत्काल मृत घोषित गरेको थियो ।















प्रतिक्रिया