२ कार्तिक २०८३, सोमबार

भायानेटले आफ्ना सबै ग्राहकलाई उत्कृष्ट डिजिटल सेवाहरू प्रदान गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । इन्टरनेट तथा आईपी टीभी सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ ।

उत्कृष्ट डिजिटल सेवाहरूमार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा भायानेट स्थापना भएको थियो ।

यो अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपी टीभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको दाबी गरेको छ ।

सन् २०११ माभायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बनेको थियो । यसरी भायानेट कुनै पनि स्यरिङ रेसियो बिना डेडीकेटेड इन्टरनेटमार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने कम्पनी पनि बन्यो ।

त्यसैगरी सन्२०१६ मा भायानेट आईपी टीभी सेवाहरू प्रस्तुत गर्ने कम्पनी मध्य एक बनी नेपाली ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघाएको कम्पनीले बताएको छ ।

आजको दिनमा कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरु माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको छ । भायानेटले आफ्नो अल्ट्रा–फाइइन्टरनेट लाइनअपहरूमार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आइरहेको कम्पनीको दाबी छ ।

भायानेटको अर्को उत्कृष्ट उत्पादन भाया टीभीले सस्तो दरमा १७५ं टीभी च्यानलहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले हालै भाया टीभीलाई भायाटीभी २.० मा अपग्रेड गरी अलग–अलग दर्शक प्रोफाइलहरू, पिक्चर–इन–पिक्चर मोड, पे–पर–भ्यूलगायत आधुनिक फिचरहरू लिएर आएको कम्पनीले बताएको छ ।

आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यस यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएकोमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ ।

भविष्यमा भायानेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टीभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य राखेको छ ।