२ कार्तिक २०८३, सोमबार

सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले भनिन्–राष्ट्रले अभिभावक गुमायो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गर्दै आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएको बताएकी हुन् ।

‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएकामा पीडाबोध भएको छ,’ राष्ट्रपति भण्डारीले भनेकी छिन् ।

जोशीको आज बिहान किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेकी छिन् ।