२ कार्तिक २०८३, सोमबार

बालकृष्ण ढुङ्गेलको निधनबाट पार्टी स्तब्ध छ : महासचिव पोखरेल

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका पोलिटव्युरो सदस्य बालकृष्ण ढुङ्गेलको निधनबाट पाटी स्तब्ध भएको बताएका छन् ।

ढुङ्गेलको शोकाकुल परिवारसँग आज भेट गरी महासचिव पोखरेलले ढुङ्गेलको निधनबाट पार्टी अत्यन्तै स्तब्ध भएको जनाउँदै पार्टीका तर्फबाट समवेदन व्यक्त गरे ।

ढुङ्गेलको आकस्मिक निधनप्रति दुःख व्यक्त गर्दै महासचिव पोखरेलले शोकमा रहेको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

महासचिव पोखरेलले माओवादी आन्दोलन, पार्टी एकताको अवस्था र एमालेको पोलिटव्यूरो सदस्यका रूपमा रहँदा नेता ढुङ्गेलले सक्रिय रूपमा भूमिका निर्वाह गरेको र माओवादीलाई विचलनबाट सही बाटोमा ल्याउन सकारात्मक भूमिका निर्वाह गरेको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको समेत बताएका छन् ।