२ कार्तिक २०८३, सोमबार

भीमेश्वर नगर सम्पर्क मञ्चले बनायो १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा एमाले भीमेश्वर नगर–काठमाडौं सम्पर्क मञ्चले आगामी ४ मंसिरमा सम्पन्न हुने आम निर्वाचनको तयारीका लागि १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न मञ्चको विस्तारित बैठकले चुनाव परिचालनका लागि १७ सदस्यीय सचिवालय तथा १३ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गर्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकमा नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य एवम् वागमती प्रदेशकी पूर्वमन्त्री रचना खड्कालगायत अतिथिहरु सहभागी थिए ।

पूर्वमन्त्री पोखरेलले दोलखामा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउँदै सुक्ष्म तयारीका साथ परिचालित हुन नेता–कार्यकर्तालाई निर्देशित गरे । उनले मुलुकको राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र समृद्धि एमालेबाट मात्र सम्भव भएको उल्लेख गरे ।