
मोरङ, २९ असोज । नेकपा एकीकृत समाजवादी (नेकपा एस) मोरङका नेता मनोरथ भण्डारी एमालेमै फर्किएका छन् ।
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका भण्डारी एमाले विभाजनपछि एकीकृत समाजवादीमा सामेल भएका थिए । उनी नेकपा एकीकृत समाजवादीका मोरङ जिल्ला कमिटी सचिवालय सदस्य र उर्लाबारी नगर इन्चार्ज थिए ।
नेता भण्डारीलाई शनिबार नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले पार्टीमा स्वागत गरे ।















प्रतिक्रिया