
काठमाडौं, २८ असोज । नेपाली कांग्रेसले अगामी निर्वाचनका लागि तयार गरिएको घोषणापत्रको मस्यौदालाई प्राप्त सुझावहरु समावेश गर्ने गरि पारित गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा प्रस्तुत गरेका थिए ।
बैठकले प्रारम्भिक मस्यौदालाई प्राप्त सुझावहरु समावेश गर्नेगरी पारित गरेको घोषणापत्र तयारी समितिका प्रवक्ता जिवन परियारले जानकारी दिए ।
उपत्यका बाहिर रहेका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई असोज २९ गते शनिबार साँझ ७ बजेभित्र सुझाव पठाउन बैठकले निर्देशन दिएको छ ।
घोषणा पत्रमा ४८ सालदेखि अहिलेसम्मका कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरुका बारेमा र कांग्रेसले बिजयी हासिल गरेपछि गर्ने कामको विवरण उल्लेख गरिएको बताइएको छ ।
त्यस्तै घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमितिका डा. स्वर्णिम वाग्लेले घोषणापत्र मुख्यतः लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको विषय, आर्थिक अवस्था, समन्यायिक समाज र सांस्कृतिक विकासको एजेन्डामा केन्द्रीत रहने बताए ।















प्रतिक्रिया