
काठमाडौं, २८ असोज । ट्राफिक कार्यालयले सबै सवारी साधनमा तोकिएको मापदण्डबमोजिमका नम्बर प्लेट राख्न अनुरोध गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ को भाग १ साधारण नम्बर प्लेट द्रष्ट्रब्य ३ र भाग २ इम्बोस्ड सवारी नम्बर प्लेटको हकमा द्रष्ट्रब्य ५, अनुसारको नम्बर प्लेट राख्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको हो ।
स्पष्ट देखिने र बुझीने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडी राख्न सम्बन्धित सबैलाई अनुरोध गर्दै ट्राफिक कार्यालयले भनेको छ, ‘तोकिए बमोजिमको नम्बर प्लेट नराखेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवारी हुनेछ ।’
यस्तै ठूलो आवाज निकाल्दै दुईपाङ्ग्रे सवारी साधन चलाएको पाइएमा पनि ट्राफिक प्रहरीले आवश्यक कारबाही गर्ने बताएको छ ।
यस्ता छन् मापदण्ड–
भाग १ : साधारण नम्बर प्लेट (द्रष्ट्रब्य ३)
- सबै किसिमका ठूला तथा मझौला सवारीहरूको नम्बर प्लेटको साईज १४× ८ ईन्च ।
- साना सवारी मध्ये चार पाङग्रेको नम्बर प्लेटको साइज १२ ×७ईन्च
- तीनपाङग्रे टेम्पो आदिको नम्वर प्लेटको साइज १०×७ ईन्च
- दुई पाङग्रे मोटरसाइकल, स्कुटर आदिको नम्वर प्लेटको साइज ८ × ५ ईन्च हुनु पर्नेछ ।
भाग २: इम्बोस्ड सवारी नम्बर प्लेट (द्रष्ट्रब्य ५ )
- ठुला सवारी साधनको नम्बर अगाडीको ५२०×११० मिलिमिटर र पछाडीको ३४०×२०० मिलिमिटर हुनुपर्ने
- मझौला तथा साना चारपाङग्रे सवारी साधनको नम्बर अगाडीको ४३०×११० मिलिमिटर र पछाडीको २८०× १८० मिलिमिटर हुनुपर्ने
- साना तिनपाङगे्र सवारीको नम्बर अगाडीको २४०×१३० मिलिमिटर र पछाडीको २४०×१३० मिलिमिटर हुनुपर्ने
- साना दुईपाङग्रे सवारीको नम्बर अगाडीको ३८०×८० मिलिमिटर र पछाडीको २४०×१३० मिलिमिटर हुनुपर्ने















प्रतिक्रिया