
सुनसरी, २८ असोज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी मुस्लिम मोर्चाका महासचिव, घोषणापत्र मस्यौदा समिति सदस्य, संविधान सभा सदस्य तथा पूर्वराज्यमन्त्री हुसेन आफ्नो सिंगो टीमसहित एमालेमा प्रवेश गरेको हो ।
उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । नेकपा माओवादी र प्रचण्डबाट अब मुलुकको बर्वादी मात्रै हुने निष्कर्षका साथ आफूहरू राष्ट्रवादी छवी बोकेको एमालेमा प्रवेश गरेको उनीहरूको भनाइ छ ।
प्रवेश गर्नेहरूको सूची–
१) मोहन यादव – हरिनगर गाउँपालिका अध्यक्ष/ जिल्ला कमिटी सदस्य
२) चन्दन पोदार – हरिनगर गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
३)ऐनुल साफी – हरिनगर गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
४) तुफेल अन्सारी – हरिनगर गाउँपालिका सचिव/ जिल्ला कमिटी सदस्य
५) सत्यनारायण मेहेता – हरिनगर गाउँपालिका कोषाध्यक्ष
६) भूपेन्द्र साह – भोक्राहा – नर्सिङ गाउँपालिका सचिव – जिल्ला कमिटी सदस्य
७) बसिरा खातुन -भोक्राहा – नर्सिङ गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
८) असफाक आलम -भोक्राहा – नर्सिङ गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
९) सदरुल मियाँ -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
१०) वीरेन्द्र उराउ -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
११) शमसाद आलम -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
१२) निशान परवीन – प्रदेश प्रतिनिधि सदस्य
१३) हैदर अली – प्रदेश कमिटी सदस्य
१४) मो. हासराफिल हुसेन – नगर कमिटी सदस्य
१५) एस ए – नगर कमिटी सदस्य















प्रतिक्रिया