२ कार्तिक २०८३, सोमबार

कानुनमन्त्री बन्दीसहित देउवाले गरे जसपाका चार जना मन्त्री बर्खास्त

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सअभागी चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

बर्खास्तमा पर्ने मन्त्रीहरुरूमा राजेन्द्र श्रेष्ठ, मृगेन्द्रकुमार सिंह, मोहम्मद इश्तियाक राई र प्रदीप यादव छन् ।

जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) पनि स्वतः बर्खास्तीमा परेका छन् । संविधानको धारा ७८ बमोजिम गत चैत २४ गते मन्त्री नियुक्त भएका उनी संविधानको सोही धाराअनुसार संसद सदस्य बन्न नसकेपछि उनको पद स्वतः सकिएको हो ।

यो सँगै प्रधानमन्त्री देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् भने जसपाका मन्त्रीहरू रहेको मन्त्रालय सबै आफैले राखेका छन् ।

जसपाका मन्त्रीहरू श्रेष्ठ, सिंह, राई र यादवले क्रमशः संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात र बन तथा वातावरण मन्त्रालय सम्हाल्दै आएका थिए ।

ती सबै मन्त्रालय देउवा आफैले राखेका हुन् ।