
काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले आफूलाई टिकट नदिए पनि एमालेले खडा गरेका उम्मेदवारहरू जिताउन लाग्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा एमालेका उम्मेदवारलाई जिताउन लाग्ने धारणा व्यक्त गरेका हुन् । पत्रकार सम्मेलनमा पार्टी र पार्टी नेतृत्वको तीव्र आलोचना गरेका उनले एमालेका उम्मेदवारलाई जिताउन भने कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आफूले पार्टीलाई सही दिशामा लैजान आवाज उठाएकै कारण आफूलाई उम्मेदवार बन्न नदिएको हुनसक्ने बताउँदै टिकटकै कारण पार्टी नछोड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘अब पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु तर पार्टी छोड्दिनँ,’ पत्रकार सम्मेलनमा उनले भने ।
आफू स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावमा जान सक्ने भए पनि आफू त्यस्तो निर्णयमा नपुगेको रावलको भनाई थियो ।















प्रतिक्रिया