
काठमाडौं, २७ असोज । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोस्रो पटक थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो।
बलात्कार आरोपमा असोज २० गते पक्राउ परेका लामिछानेलाई म्याद थपका आज जिल्ला अदालत उपस्थित गराइएको थियो ।












प्रतिक्रिया