काठमाडौं । सामसङ नेपाल र एनसेलले नेपालभरका ग्राहकका लागि उन्नत मोबाइल प्रविधि, एआई अनुभव र डिजिटल कनेक्टिभिटीलाई अझ पहुँचयोग्य बनाउन आफ्नो सहकार्यलाई थप सुदृढ गरेको छ ।
सामसङको ग्यालेक्सी नवप्रवर्तन र एनसेलको कनेक्टिभिटी नेटवर्कलाई जोड्दै यो सहकार्यले छनोट गरिएका ग्यालेक्सी स्मार्टफोनमा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानीजस्ता विभिन्न सुविधा उपलब्ध गराउनेछ ।
नयाँ स्मार्टफोन खरिदमा मात्र सीमित नरही सामसङ र एनसेलले ग्राहकलाई पुरानो २जी प्रविधिबाट छिटो फोरजी कनेक्टिभिटीमा जान प्रोत्साहित गरिरहेका छन् । २जीदेखि फोरजी अपग्रेड अभियानअन्तर्गत ग्राहकले जुनसुकै २जी डिभाइस साटेर सामसङको फोरजी स्मार्टफोन खरिद गर्दा ५,००० रुपैयाँसम्मको एक्सचेन्ज सुविधा पाउन सक्नेछन् ।
आकर्षक एक्सचेन्ज सुविधासँगै उपलब्ध न्यूनतम १,२२१ रुपैयाँको ईएमआई विकल्पले अपग्रेडलाई थप सहज र किफायती बनाउनेछ । यस पहलले डिजिटल पहुँचको दूरी घटाउँदै नेपालमा 4G प्रविधिको प्रयोग विस्तार गर्ने सहकार्यको प्रतिबद्धतालाई थप बलियो बनाउँछ ।
कम्पनीका अनुसार यस सहकार्यको मुख्य उद्देश्य प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउनु र एआई तथा कनेक्टेड अनुभवलाई प्रिमियम स्मार्टफोनमा मात्र सीमित नराख्नु हो । स्मार्टफोनको दैनिक प्रयोगमा जेनेरेटिभ एआईको महत्त्व बढ्दै जाँदा सामसङले ग्यालेक्सी उत्पादन शृङ्खलामार्फत अझ धेरै ग्राहकसम्म एआई अनुभव पुर्याउँदै आएको छ । ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधाले उन्नत प्रविधिलाई अझ उपयोगी र किफायती बनाउनेछ ।
यस सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्मका लागि एनसेलका छनोट गरिएका मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

स्मार्टफोन अपग्रेड गर्दा मूल्य महत्त्वपूर्ण हुने भएकाले सामसङले हुलास फिन सर्भसँगको सहकार्यमा आफ्नो किस्ताबन्दी भुक्तानी योजनालाई थप सहज बनाएको छ । छनोट गरिएका फ्ल्यागशिप फोनमा ग्राहकले ३६ महिनासम्मको ईएमआई सुविधा लिन सक्नेछन् । मासिक किस्ता ५,१०६ रुपैयाँदेखि सुरु हुने यस योजनाले सामसङका उन्नत फोल्डेबल फोनलाई अझ धेरै ग्राहकको पहुँचमा ल्याउनेछ ।
त्यस्तै, छनोट गरिएका ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोनमा अपग्रेड गर्ने ग्राहकले १०,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् । योग्य ग्यालेक्सी जेट र एस सिरिजका ग्राहकले एक वर्षको थप वारेन्टी पनि पाउनेछन्, जसले खरिदमा थप मूल्य र ढुक्कता प्रदान गर्नेछ । सामसङका विभिन्न स्मार्टफोनमा उपलब्ध २४ महिनासम्मको ईएमआई विकल्पले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार डिभाइस छनोट गर्न थप सहजता दिनेछ ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले भने, “यस सहकार्यबाट सामसङ नेपालले सामान्य स्मार्टफोन प्रवर्द्धनभन्दा अघि बढेर नेपालमा अझ समावेशी डिजिटल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ । एआई अनुभवलाई पहुँचयोग्य बनाउने, प्रिमियम फोल्डेबल प्रविधिलाई ग्राहकको पहुँचमा ल्याउने, किफायती फोरजी अपग्रेडमा सहयोग गर्ने र विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनलाई प्रोत्साहन गर्ने जस्ता पहलले प्रविधिमार्फत ग्राहकलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धता देखाउँछन् ।”












प्रतिक्रिया