२ कार्तिक २०८३, सोमबार

गाली गर्नेहरू मेरा प्रशंसक हुन् : उम्मेदवार पाण्डे

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २६ असोज । प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले आफूलाई गाली गर्नेहरु निकै नजिकका र प्रशंसनीय व्यक्तिहरु भएको बताएका छन् ।

प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् ।

दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभाका सदस्यका उम्मेदवार पाण्डेले सामाजिक सञ्जालमा जनताले गरेको आलोचनालाई नकारात्मक वा गालीका रुपमा मात्र हेर्न नहुने भन्दै त्यो सुधारका लागि पनि महत्वपूर्ण कुरा भएको बताएका छन् ।

कुनै पनि व्यक्तिले आफूले गरेको गल्ती आफै नदेख्ने र बाहिरको मान्छेले औंल्याइदिँदा आफूभित्र भएका कमीकमजोरीलाई सुधार गर्न मद्दत मिल्ने पाण्डेको भनाइ छ ।

‘सबैले राम्रैराम्रो भन्दा बिग्रिन पनि सक्छ । त्यसका लागि खबरदारी पनि आवश्यक छ । त्यो भनेको आलोचना हो । टिप्पणी हो । नजिक भएकाले भेटेर यो भएन त्यो भएन भनेर गुनासो गर्नुहुन्छ । टाढा भएकाले समाजिक सञ्जालमार्फत आफ्नो गुनासो पोख्नुहुन्छ र आफुलाई हलुङ्गो महसुस गराउनुहुन्छ,’ उम्मेदवार पाण्डेले भने, ‘त्यसो गर्दा मैले गल्ती गरेको रहेछु भने आगामी दिनमा आफूलाई सुधार गरेर लैजान्छु । त्यो मेरा लागी ठूलो मौका हो र मेरा लागि इमपावर पनि हो । त्यसकारण उहाँहरु मेरा प्रशंसक व्यक्ति हो ।’

सामाजिक काम गर्दा जनताको गाली र ताली दुबै आउने भएकाले राम्रो मात्रै सुन्ने र नराम्रो सुन्न नसक्ने मान्छे जनताको नेता हुनै नसक्ने समेत पाण्डेको भनाइ छ ।