२ कार्तिक २०८३, सोमबार

शीतलनिवासमा रातो स्टिकर लाग्यो, राष्ट्रपतिको विजोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr_Ram_Baran_Yadavकाठमाडौं, २६ वैशाख । राष्ट्रपति निवास, सर्वोच्च अदालत, सिंहदबारभित्र रहेका रक्षा, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालयमा भूकम्पले क्षति पुर्‍याएकाले बस्न अयोग्य भन्दै रातो स्टिकर टाँसिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय भवनका केही भागमा रातो, केही भागमा पहेंलो र केही भागमा हरियो स्टिकर टाँसिएको जानकारी मन्त्रिपरिषद्का सचिव शान्तराज सुवेदीले दिए। उनले भने, ‘रक्षा, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालयमा पूर्ण रूपमै रातो स्टिकर टाँसिएको छ।’

राष्ट्रपति भवन शीतल निवासको पश्चिमपट्टि पनि रातो स्टिकर लगाइएको छ। जुन भाग राष्ट्रपति डा. रामवरण यादवको निवासका रूपमा प्रयोग गरिएको थियो। राष्ट्रपतिका प्रेस संयोजक राजेन्द्र दाहालले भने, ‘शीतल निवासको पश्चिमपट्टि रातो, अन्य केही भागमा पहेंलो र अगाडि हरियो स्टिकर टाँसिएको छ। अहिले राष्ट्रपतिको निवास नयाँ सभाभवनमा सरेको छ।’

रक्षा सचिव ईश्वरी पौडेलले मन्त्रालय राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय पुतलीबगैंचामा सारिएको बताए। उनले भने, ‘त्यहाँ मन्त्रालयको चारवटा शाखा पहिलदेखि नै कार्यरत थिए। भूकम्पका कारण नेपाली सेनाको मु यालय र प्रधानसेनापतिको निवास पनि बस्न नमिल्ने गरी क्षति भएको छ।