५ कार्तिक २०८३, बिहिबार

प्रभु साह अराजनीतिक षडयन्त्रको नमूना बने : महासचिव पोखरेल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरलले प्रभु साह अराजनीतिक षडयन्त्रको नमुना भएको बताएका छन् । एमालेका नेता साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै रौतहट-३ मा स्वतन्त्र उम्मेदवारी दिएपछि महासचिव पोखरेलले टिप्पणी गरेका हुन् ।

पोखरेलले साह जसपासँगको तालमेलको सहमति बैठकमा सहभागी भएको, सहमति पश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बसेको र निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर गएको पोखरेलले उल्लेख गरेका छन् ।

‘प्रभु साह जसपासंगको तालमेलको सम्झौता बैठकमा सहभागि हुनु भो । उक्त सहमती पश्चात मधेसप्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफुले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा (एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’