५ कार्तिक २०८३, बिहिबार

नेपाली मनः पहाडलाई तराईको सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Palpa-rahat
फाइल तस्वीर

गजुरी (धादिङ), २६ वैशाख । पहाडलाई परेको दुःखमा तराईका आमाहरुले राहत सहयोग उपलब्ध गराएका छन् ।

सिरहा जिल्लास्थित गृहिणीले समेत पहाडमा आइलागेको विपत्तिलाई सामना गर्न नुन, तेल चिउरा, आलु, प्याज, कपडालगायतका सामग्री सहयोग उपलब्ध गराएका हुन् ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पपीडित सुत्केरी, गर्भवती कहिले राहत आउँला भनेर पर्खिरहेका बेला तराईका आमाले राहत सङ्कलन गरी पहाड पठाएका हुन् ।

तराईमा बस्ने गरिबले समेत आफूले सकेको थोरैथोरै सामानसमेत पहाडका लागि पठाएका थिए । धेरै जनाले सङ्कलन गरी पहाड ल्याएको सिरहाबाट राहत सङ्कलन गरेर आएकी रेणु कर्णले बताउनुभयो ।

पहाडलाई पर्दा तराईले सहयोग नगरे कसले गर्छ ? एकले पर्दा अर्कोले सहयोग गर्नु हामी नेपालीको संस्कृति नै हो कर्णको भनाइ थियो ।

तराईका आमाहरुले घरमा भएको थोरैथोरै सामग्री पहाडमा पठाएको महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य देवकुमारी महराले बताउनुभयो । रासस