२ कार्तिक २०८३, सोमबार

राजनीतिक स्थायित्वका लागि मुलुकमा एमालेको सरकार आवश्यक : ईश्वर पोखरेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा राजनीतिक स्थायित्वका लागि आगामी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा एमाले क्षेत्र नंवर ५ निर्वाचन परिचालन कमिटी घोषणा सभामा पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व नभए राष्ट्रियता कमजोर हुने उल्लेख गर्दै सो कुरा बताएका हुन् । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै यसका लागि एमालेलाई बिजयी गराउनुपर्ने पोखरेलको भनाइ छ ।

उनले मुलुकको विकास र समृद्धिका लागि एमालेले पुनः नेतृत्व गर्न चाहेको धारणा व्यक्त गरेका छन् । पोखरेलले अहिलेको सत्ता गठबन्धनको कुनै दृष्टिकोण र गन्तव्य नरहेको र एकमात्रै उद्देश्य एमालेलाई समाप्त पार्ने अपराधिक गन्तव्य मात्र रहेको आरोप समेत लगाएका छन् ।

नेपालको राजनीति अहिले दुई ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले मंसिर चारको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने जिकिर गरेका छन् ।

उनले यसअघि आफूले गर्न नसकेको कामलाई आगामी कार्यकालमा निरन्तरता दिने समेत बताए । कार्यक्रममा पोखरेलले ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेका छन् ।