२ कार्तिक २०८३, सोमबार

जसपाका चार जना मन्त्रीलाई आजै बर्खास्त गर्ने प्रधानमन्त्री देउवाको तयारी

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीलाई आजै बर्खास्त गर्ने तयारी गरेका छन् ।

सत्ता गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको भन्दै प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा मागेका छन् । आफैं राजीनामा नदिए आफैंले बर्खास्त गर्ने चेतावनी उनले दिएका छन् ।

जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादव सरकारमा मन्त्री छन् ।

एमालेसँग चुनावी तालमेल गरेपछि सरकारबाट मन्त्री हटाउने दबाब आइरहेको भए पनि सरकार नछाड्ने अडानमा जसपा छ । आफूहरु सत्ता गठबन्धनमै रहेको र एमालेसँग आंशिक ठाउँमा चुनावी तालमेलमात्र भएको तर्क जसपाको छ ।