२ कार्तिक २०८३, सोमबार

प्रधान सेनापति शर्मा र पाकिस्तानी राजदूतबीच भेटघाट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २५ असोज । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जानुअघि राजदूत शाहले नेपालका प्रधानसेनापति शर्मासँग सो भेटघाट गरेका हुन् ।

उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूतले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना व्यक्त गरे ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।