
काठमाडौं, २५ असोज । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य १ हजार २ सय रुपैयाँ घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघ अनुसार सोमबार ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार १ हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया