२ कार्तिक २०८३, सोमबार

५ रेक्टरको भूकम्पले दोलखामा झोलुङ्गे पुल चुँडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jholunge-Pulदोलखा, २६ वैशाख । बिहीबार बिहान ६ बजेर १७ मिनेटमा सिन्धुपाल्चोक र दोलखाको सीमानालाई केन्द्रविन्दु बनाएर गएको ५ रेक्टर स्केलको भूकम्पले तामाकोसी नदीमा रहेको एक झोलुङ्गे पुल भत्काइदिएको छ। दोलखाको जुगुँ र लामीडाँडा गाविसलाई जोड्ने उक्त झोलुङ्गे पुलको पोल भत्काएर ढलेपछि पुल चुँडिएको हो।

पुल चुँडिएपछि जिल्लाका जुगूँ, भ्यागूँ, लामिडाँडा क्षेत्रता, सुनखानीलगायत गाविसका गाउँहरुमा सडक सम्पर्क विच्छेद भएको नेकपा एमाले दोलखाका जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेलले स्थानीयलाई उदृत गर्दै नागरिकलाई बताए । आजको नागरिक दैनिकमा समाचार छ ।