५ कार्तिक २०८३, बिहिबार

पानी परेपछि घर बाहिर आउँदा ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी (म्याग्दी), २६ वैशाख । शुक्रबार साँझ ५ः३० बजे परेको चट्याङ लागेर पश्चिम म्याग्दीको निस्कोट–६ बेर्नामा एक जनाको मृत्यु भएको छ ।

घरभित्रबाट बहिर आएर बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले निस्कोट– ६ का १७ वर्षीय यामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेरै १३ वर्षीय बलबहादुर फगामी घाइते भएकाले उपचारका लागि दरबाङ स्वास्थ्यचौकी लगिएको छ । चट्याङपछि गाउँमा विद्युत् सर्ट भएको स्थानीयवासीले बताएका छन् । रासस