
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न कारबाहीका क्रममा खिचेका कागजातहरू लिन आउन सम्बन्धित सवारीधनीहरूलाई आग्रह गरेको छ ।
आज सोमबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो अनुरोध गरेको हो ।
विज्ञप्ति अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म खिचिएका कागजपत्र (सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजतपत्र) लिन आउन आग्रह गरेको हो । अन्यथा असोज ३१ गतेभित्र सबै कागजात यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउने जानकारी प्रहरीले दिएको छ ।
‘काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्धारा कारवाहीको क्रममा आर्थिक वर्ष २०७८/०७९ सम्म खिचिएका कागजपत्र (सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजतपत्र) यहि मिति २०७९ असोज ३१ गते भित्र यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउन लागिएको हुँदा सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्तसम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा लिन आउनुहुन हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया