
लमजुङ, २४ असोज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न आफुले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताएका छन् ।
आइतबार मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि लमजुङमा उम्मेदवारी दर्ता गर्दै नेता गुरुङले पछिल्लो समय देशमा राष्ट्रिय स्वाधीनता ओझेलमा परेको र विदेशी चलखेल बढेको भन्दै यसका विरुद्ध उम्मेदवारी दिएको बताए ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेता गुरुङले भनेः
‘सत्ता गठबन्धनले समृद्धि र सुशासनको अभियानलाई पाखा लगायो । भ्रष्टाचार मौलायो । विकास भएन । यसको विरुद्धमा मेरो उम्मेदवारी हो ।’
यसैगरी, लमजुङमा एमालेबाट प्रदेश सभा तर्फ ‘क’ मा संविधान सभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा ‘ख’ मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका देव गुरुङले उम्मेद्वारी दिएका छन् भने प्रदेश सभा ‘क’ मा कांग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा ‘ख’ मा भेषबहादुर पौडेलले उम्मेदवारी दिएका छन् ।















प्रतिक्रिया