५ कार्तिक २०८३, बिहिबार

छोराले टिकट नपाएपछि बाबुले छोडे माओवादी, हरेक निर्वाचनमा एकै अनुहार

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ असोज । नेकपा माओवादी केन्द्रका पुराना नेता लोकनाथ गौतमले माओवादी छोडेका छन् ।

माओवादीले आसन्न निर्वाचनमा आफ्ना छोरा माओवादीका केन्द्रीय सदस्य समेत रहेका विजय गौतमलाई टिकट दिन बाट रोकेपछि जिल्ला सदस्य समेत रहेका लोकनाथले माओवादी छोडेका हुन् ।

विजय प्रदेशसभा सदस्य उम्मेदवारको लागि सिफारिस भएका थिए तर टिकट पाएनन् ।

माओवादीले मकवानपुर-१ को ‘क’ मा माओवादीका प्रेमबहादुर पुलामी छिन्तु र २ को ‘क’ मा कुमारी मोक्तानलाई टिकट दिएको छ । उनिहरु यसअघि भएको निर्वाचनहरुमा पनि निर्वाचित बन्दै सांसद बनिसकेका छन् ।

यसअघि २०७४ मा भएको निर्वाचनमा पनि उनिहरु माओवादीबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए । यसपटक पनि माओवादीले उनिहरुलाईनै टिकट दिएको छ । जसको कारण माओवादी मकवानपुरका अधिकाशं जिल्ला नेताहरु असन्तुष्टि छन् ।

पार्टीमा एकै व्यक्तीलाई मात्र पटक–पटक अवसर दिइएको र युवा तथा नयाँ अनुहारलाई पछि पारिएको भन्दै नेता गौतमले माओवादी छोडेको बताए । गौतमले माओवादीभित्र तानाशाहा प्रवृत्ति मौलाएको र एउटै व्यक्तिलाई मात्र अवसर प्रदान गर्ने गरेकोले माओवादीमा बसिरहन उपयुक्त नभएकोले पार्टी परित्याग गरेको बताए ।