
काठमाडौं, २३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभाको मकवानपुर-१ निर्वाचनमा नेकपा एमालेले सघाउने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष थापा र एमाले अध्यक्ष केपी ओलीबीचको सहमतिपछि थापालाई एमालेले सघाउने भएको हो ।
थापाले एमालेले आफुप्रति सद्धभाव र सहयोग देखाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन्।
फेसबुकमा लेख्दै थापाले भनेका छन्ः
नेकपा(एमाले)को सहयोगमा मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट उमेदवार हुँदैछु । सद्भाव र सहकार्यको लागि नेकपा (एमाले)लाई धन्यवाद
राष्ट्रियताको संरक्षण,लोकतन्त्रको सुदृढीकरण,सुशासन र आर्थिक समृद्धिको निम्ति ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।













प्रतिक्रिया